No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

१० वर्षयताकै सबैभन्दा धेरै रासायनिक मल भित्रिएको सरकारको दाबी

0

काठमाडौं । सरकारले यसवर्ष १० वर्षयताकै सबैभन्दा धेरै रासायनिक मल भित्रिएको दाबी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले किसानलाई समस्या नहुने गरी ठूलो परिमाणमा रासायनिक मल आपूर्ति भएको दाबी गरेको हो ।

प्रधानमन्त्रीको सचिवालयले भनेको छ, ‘सम्माननीय प्रधानमन्त्रीज्यूको निरन्तरको पहल र निर्देशन तथा कृषि मन्त्रालयको सक्रियताले गर्दा विगत १० वर्ष यताकै सबैभन्दा ठूलो परिमाणमा रासायनिक मलको आपूर्ति भएको छ। २०८०/०३/३२ को रिपोर्ट अनुसार ४ लाख ३ हजार ५ सय मेट्रिक टन मल आपूर्ति भएको छ। केही स्थानीय तहमा वितरणमा आएको समस्याबाहेक यो वर्ष मलको समस्या देखिएको छैन।’

प्रकाशित: ३२ श्रावण २०८०, बिहीबार ०४:४९

Leave a Reply