No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनी ड्रोन आक्रमणमा रुसी सुपरसोनिक बमवर्षक विमान ध्वस्त

0

युक्रेनी ड्रोन आक्रमणमा परी रुसको लामो दूरीको बमवर्षक विमान ध्वस्त भएको छ । सामाजिक सञ्जालमा राखिएको तस्बिरहरूमा सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको छ ।

मस्कोले आफूले एउटा ड्रोनमा साना हतियारले प्रहार गरेको भए पनि उक्त ड्रोनले विमानलाई क्षति पुर्याउन सफल भएको बताएको छ। यसबारे युक्रेनले कुनै प्रतिक्रिया जनाएको छैन ।

पछि रुसी हवाई प्रतिरक्षाले मस्को क्षेत्रमा दुई वटा ड्रोन खसालेको मेयर सर्गेई सोब्यानिनले जानकारी दिए । रक्षा अधिकारीहरूका अनुसार युक्रेनी सीमाको उत्तर–पूर्वमा रहेको ब्रायन्स्क क्षेत्रमा अन्य दुई वटा ड्रोनलाई रोकिएको थियो । घटनाक्रमका बीच मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए ।

ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो। रुसले उक्त विमान युक्रेनका सहरहरूमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको छ । मस्कोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मस्कोको समयअनुसार शनिबार बिहान १० बजे ‘कोप्टर टाइप यूएभी’ले आक्रमण गरेको हो । विज्ञप्तिमा घटना भएको स्थान सोल्टसी–२ अवस्थित “नोभगोरोड क्षेत्रको सैन्य हवाई अखाडा’ भएको जनाइएको छ ।

किएभले हालैका महिनाहरूमा सयौँ किलोमिटर टाढा रहेको मस्कोमा आक्रमण गर्न दर्जनौँ फिक्स्ड–विङ्ग प्रकृतिका उच्च स्थानमा उड्ने मानवरहित विमानहरू प्रक्षेपण गरेको छ। सोल्ट्सी–२ युक्रेनको सीमाबाट करिब ६५० किलोमिटर टाढा छ।

प्रकाशित: ५ भाद्र २०८०, मंगलवार ०३:१२

Leave a Reply