No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कांग्रेस सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार

0

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा सहभागी भएर निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको हो ।

यादवलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ । उनको अवस्था खतरामुक्त रहेको बताइएको छ । नुवाकोटको विदुर नगरपालिका–७ घर भएका ४७ वर्षीय श्याम सापकोटाले उनीमाथि खुकुरी प्रहार गरेका हुन् । यादवलाई आक्रमण गर्ने सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार ०९:२९

Leave a Reply