No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आफ्नी आमालाई स्वास्थ्य सेवाबाट वञ्चित गरिएको सुकीका कान्छा छोराको आरोप

0

सैनिक हिरासतमा रहेकी म्यान्माकी प्रजातन्त्रवादी नेत्री आङ सान सुकीलाई वास्थ्य सेवाबाट वञ्चित गरिएको आरोप उनका कान्छा छोराले लगाएका छन् । दाँतको गम्भीर समस्याबाट पीडित ७८ वर्षीया नेत्रीलाई आपत्कालीन स्वास्थ्य सेवाबाट वञ्चित गरिएको उनका छोरा किम एरिसले बताए । बिरामी आमालाई स्वास्थ्य सेवा उपलव्ध गराउन सैन्य सरकारसमक्ष कारागारका अधिकारीहरूले गरेको अनुरोधलाई सैनिक नेतृत्वले रोकेको किमले बताए ।

दाँत र गिजाको गम्भीर समस्याका कारण आफ्नी आमा केही दिनदेखि अस्वस्थ भइ खान नसक्ने अवस्थामा पुगेको बीबीसी वर्मेली सेवालाई बताए । उनी न्युन रक्तचापबाट पनि पीडित हुन् । कारागार स्रोतले पनि नेतृ सुकी भोजन गर्न असमर्थ भएकी बताएको छ ।

यद्यपि एक सैन्य प्रवक्ताले उनको स्वास्थ्यमा समस्या नभएको तथा सैनिक एवं गैरसैनिक चिकित्सकहरूबाट नियमित रुपमा स्वास्थ्य परीक्षण एवं उपचार भइरहेको दाबी गरेका छन् । उनको दाँतको दुखाई कम गर्ने उद्देश्यले नरम खाना र औषधियुक्त जेली खुवाइएको बताइएको छ ।

सन् २०२१ को फेब्रुवरीमा सैन्य विद्रोहपछि सत्ताच्युत गरिएकी नेत्री सुकीलाई सोही समयदेखि हिरासतमा राखिएको छ । सैनिक शासनको विरोधसँगै म्यान्मा गृहयुद्धमा प्रवेश गरेपछ हजारौँले ज्यान गुमाएका छन् । यो हिंसाका घटना बढिरहेका छन् । गत जुलाईमा उनलाई राजधानी नेपीट जेलबाट नजरबन्दमा सारिएको थियो तर नोबेल पुरस्कारबाट सम्मानित सुकीलाई कहाँ राखिएको छ भन्ने स्पष्ट छैन ।

बेलायतमा बस्दै आएका एरिसले आफ्नी आमाले वान्ता गरिरहेकी र मुर्छापर्ने गरेको जनाउँदै उपयुक्त चिकित्सा सेवाबाट बिरामीलाई वञ्चित गर्नु क्रूरताको पराकाष्ठा भएको टिप्पणी गर्नुभएको छ । उहँले आमाको बिग्रदो स्वास्थ्यले जीवन नै जोखिममा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

देशका सबै राजनीतिक दलहरूको गठबन्धन सम्मिलित म्यान्माको निर्वासित राष्ट्रिय एकता सरकारले अन्तरराष्ट्रिय समुदायलाई नेत्री सुकी जस्ता राजनीतिक बन्दीहरूलाई उचित उपचार सेवा उपलब्ध गराउन सैनिक शासकलाई दबाब दिन आग्रह गरेको छ ।

धेरै विश्वका धेरै नेताले पनि उनको निःशर्त रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ गरिएका विपक्षीलगायत सबैलाई हिरासतमुक्त गर्न आह्वान गरेका छन् । मङ्गलबार इन्डोनेसियाको राजधानी जकार्तामा सुरु भएको दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको सङ्गठन (आसियान)को द्विवार्षिक शिखर सम्मेलनमा म्यान्माको राजनीतिक सङ्कटलाई लिएर गम्भीर चिन्ता व्यक्त गरिएको थियो ।

आसियान नेताहरूले त्यहाँ जारी हिंसाको लागि म्यान्माका सैन्य अधिकारी जिम्मेवार रहेका भन्दै उनीहरूको निन्दा गरेका थिए । प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेपछि शिखर सम्मेलनमा म्यान्मालाई आमन्त्रित नगरेको यो दोस्रो वर्ष हो ।

अघिल्लो वर्ष पनि म्यान्मालाई आमन्त्रण गरिएको थिएन । मङ्गलबारको बैठकमा आसिन नेताहरूले म्यान्मा सङ्कट समाधानका निम्ति गत वर्ष सैन्य सरकारलाई दिइएको पाँचुबँदे मार्गचित्र कार्यान्वयन नगरेमा त्यसको पनि आलोचना गरेका थिए ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार १०:१९

Leave a Reply