No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बालिका बलात्कार कसुरमा एक युवकलाई १८ वर्ष कैद सजाय

0

उदयपुर । उदयपुर जिल्ला अदालतले १२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा १९ वर्षीय एक युवकलाई १८ वर्ष कैद र ६ लाख २० हजार जरिवाना गर्ने फैसला गरेको छ । आरोपी  युवक बेलका नगरपालिका–५ बस्ने बर्ष १९ वर्षीय सुशान्त मगर हुन ।

जिल्ला अदालतका न्यायाधीश नवराज दुलालको इजालासले यस्तो सजाय सुनाएको जिल्ला अदालतका स्रेस्तेदार भेषराज भट्टराईले जानकारी दिए ।

विस २०७८ फागुन १३ गते एक बालिकालाई निज मगरले जबरजस्ती गरेपछि भोलिपल्ट पीडितका आफन्तले रामपुरस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।  प्रहरीले तत्काल मगरलाई पक्राउ गरेर अनुसन्धानपछि चैत ८ गते जिल्ला अदालतमा अभियोग पत्र दर्ता गराएको थियो ।

प्रकाशित: २० भाद्र २०८०, बुधबार ११:१३

Leave a Reply