No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली जनप्रतिनिधिलाई तिंकर जान एसएसबीको अवरोध

0

महेन्द्रनगर । दार्चुलाबाट भारतीय बाटो हुँदै व्यास गाउँपालिकाको तिंकरमा जान खोज्दा नेपाली टोलीलाई भारतीय सुरक्षाकर्मीले रोक लगाएका छन् । महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासका पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दीपक खातीलाई भारतीय सीमा सुरक्षा बल एसएसबीले रोकेको हो ।

उनीहरूलाई एसएसबीले तिगरम पुलघाटमा रोकेको बताइएको छ। उनीहरूलाई जाँच गर्दै जान अनुमति नभएकोले रोकिएको एसएसबीले बताएको छ। तर अनुमती किन नदिइएको भन्ने कुरा खुलाइएको छैन ।

दार्चुलाको भौगोलिक कठिनाइका कारण अफ्नै देशको अर्को भूमिमा जानका लागि पनि भारतीय मार्ग प्रयोग गर्नुपर्ने बाध्यता छ। त्यसमाथि भारतीय एसएसबीले बेलाबेला दुः ख दिने गरेको हुन्छ ।

नगरप्रमुख चैसिरसहितका उनीहरु सशस्त्र प्रहरीको विओपी स्थापना कार्यक्रममा सहभागी हुन व्यासको वडा नम्बर १ स्थित तिंकरतर्फ जान लागेका थिए ।

उनीहरू भारतीय मोटरबाटो हुँदै सशस्त्र प्रहरीका एआइजी वंशीराज दाहाल, दार्चुलाका प्रमुख जिल्ला अधिकारी किरन जोशी, सशस्त्रका एसपी डम्बरबहादुर विष्टसँगै गइरहेका थिए । तर, तीन जनालाई मात्र रोकेर अरुलाई जान दिइएको प्रजिअ जोशीले जानकारी दिइन् ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ०३:४०

Leave a Reply