No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डा ‘फाइनल स्टेज’मा पुगिसकेको छैनः परराष्ट्रमन्त्री साउद

0

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे एजेण्डा तयार भइनसकेको जानकारी दिएका छन् ।

बिहीबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री साउदले एजेण्डाहरूबारे छलफल भइरहेको जानकारी दिएका हुन् । परराष्ट्रमन्त्री साउदले कोभिडका कारण बन्द भएका चीनसँगको व्यापार नाका र परम्परागत नाका खोल्न आग्रह गर्ने विषयमा छलफल चलिरहेको बताए ।

उनले भने, ‘पूरै एजेण्डा फाइनल स्टेजमा पुगिसकेको छैन। स्वास्थ्य, शिक्षा, कृषिलगायत क्षेत्र, कोभिडका कारण व्यापार नाका र परम्परा सीमा नाका खोल्ने विषयमा छलफल भइरहेको छ।’

समिति बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बोलाइएको भएपनि प्रधानमन्त्री सहभागी भएनन् । सांसदहरूले फेरि प्रधानमन्त्रीलाई बोलाएर भ्रमणको एजेन्डाबारे जानकारी गराउन सभापति राजकिशोर यादवको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री चीन भ्रमणका लागि सेप्टेम्बर २३ मा चीन जाँदैछन ।

प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ०७:२७

Leave a Reply