No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित

0

काठमाडौं । आइतबारका लागि बोलाइएको राष्ट्रियसभाको बैठक सूचना जारी गरेर स्थगित गरिएको छ । विजनेस नभएपछि बैठक अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

अर्को बैठकको मिति र समय राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पछि निर्धारण गर्ने संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । राष्ट्रियसभामा अहिले जम्मा तीन वटा विधेयक छन् । अध्यागमन विधेयक विधायन व्यवस्थापन समितिमा दफावार छलफल गरी प्रतिवेदन पेस भैसकेको छ ।

सो विधेयकमाथि गृहमन्त्रीले अध्ययन गर्न समय मागेका छन् । त्यस्तै, विद्युतीय कारोबारसम्बन्धी विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक समितिमा दफावार छलफलमा रहेका छन् ।

प्रकाशित: २२ भाद्र २०८०, शुक्रबार ०९:५४

Leave a Reply