+

उदयपुर र काठमाडौंमा ह्याण्डबल प्रतियोगिता हुँदै

१२ चैत्र २०७८, शनिबार ०५:३०

काठमाडौं । उदयपुरमा चैत २१ गतेदेखि २४ गतेसम्म खुल्ला पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता हुने भएको छ । नेपाल ह्याण्ड बल संघको निर्णय अनुसार उदयपुर ह्याण्ड बल संघले चैत २१ देखि २४ गतेसम्म उदयपुरको बेलका नगरपालिकाको प्रमुख प्रायोजनमा प्रतियोगित हुन लागेको हो ।

प्रतियोगितका लागि बेलका नगरपालिकाले ५ लाख रुपैयाँ उपलब्ध गराएको छ । प्रतियोगितामा विभागीय टोली नेपाल आर्मी र नेपाल प्रहरीको टोलीसहित दश टिमको सहभागिता रहने छ । त्यस्तै आगामी बैशाख ३–६ गतेसम्म काठमाडौंका गल्फुटार खेल मैदानमा महिला सशक्तिकरणका लागि भन्ने मूल नाराका साथ ह्याण्डबल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा महिलाहरुको आठ टिम सहभागी हुने संघले जनाएको छ । प्रतियोगिताका लागि नेपाल टेलिकम प्रमुख प्रायोजक रहेको छ भने बुढानिलकण्ठ नगरपालिका र राष्ट्रिय खेलकुद परिषद सहप्रायोजक रहेका छन् ।