+

साहसिक पर्यटन व्यवसायिकाे सुनाैलाे साेच

१५ श्रावण २०८३, शुक्रबार १८:१६

काठमाडाैँ। पर्यटनका विविध विधा छन, विश्व पर्यटन क्षेत्रकाे आकर्षण हाे साहसिक पर्यटन।नेपालकाे पर्यटन क्षेत्रले फडकाे मार्नुपर्छ। फडकाे मार्न लगनसिलता सगसगै हिम्मत चाहिन्छ।

नाटाकाे निर्वाचन नजिक आउँदैगर्दा एउटा साहसिक पर्टन व्यवसायी जिस्वन तुलाधरले आफ्नाे लक्ष्य सहितकाे उम्मेद्वारी घाेषणा गरेकी छन्। लामाे समय पर्टन क्षेत्रमा बिताएकी तुलाधरकाे नेतृत्वमा साउन २९ गते हुन गैरहेकाे नाटाकाे नयाँ कार्यसमितिकाे लागि जुझारू व्यावसायिक टिम घाेषणा गरेकी छन्।

जिस्वन तुलाधर साहसिक खेलकुद पर्यटनकाे स्थापित नाउँ हाे। विश्व माेटर रेस प्रतिस्पर्धामा नेपालकाे प्रतिनिधित्व गरेकी तुलाधरले नाटामा उपाध्यक्षकाे सफल कार्यकाल बिताई सकेकी छन्। नाटाकाे अध्यक्ष हुने सपना बाेकेकी तुलाधर सँग नाटालाई विश्व पर्यटनकाे बजारमा प्रतिष्पर्धा गर्ने याेजना रहेकाे बताएकी छन्।

नेपाल विश्व पर्यटनकाे हव हाे हामीले याे महत्व लाई सिमित दायरामा खुम्च्याएका छाैं।अब याे दायरा फराकिलाे पारेर सबै पर्यटन विधाका व्यवसायिहरू लाई नाटाले समेटनु पर्छ। सगरमाथा,लुम्बिनी र फेवाताल मात्रै नेपालकाे पर्यटन गन्तब्य हाेईन।प्रकृतिले विश्व पर्यटनका लागि दिएकाे सुन्दर उपहार हाे नेपाल। यहाँ घुम्न आउने विदेशी पर्टकहरूले के खाेजेका छन् ?कस्ताे अनुभव बाेकेर फर्कन्छन ? र उनीहरू पुन नेपाल घुम्न फर्कदा के के सुधार हाेस भन्ने चाहन्छन  ?

हामीले मिहिन अध्ययन गरेर याेजना तयार पारेका छाैं। र याे याेजना नाटाकाे नेतृत्व लिएकै दिनबाट कार्यान्वयनमा ल्याउँछाै,जिस्वनले प्रतिबद्दता गरेकी छन्। पर्यटनकाे नयाँ नयाँ सम्भावना हुन्छन तेसकाे पहिचान गर्न सक्नुपर्छ भन्छिन जिस्वन तुलाधार।उनकाे याेजना भित्र कृषि पर्यटन पनि परेकाे छ।

तुलाधर भन्छि्न्,”नेपालकाे माटाे अर्गानिक छ याे माटाेले मानिसकाे शरिर र मस्तिष्कलाई रसायन मुक्त पार्न सक्छ।नेपाली माटाेमा उत्पादन हुने कफि,फलफुल र खाद्यान्नकाे विश्व बजारमा माग बढिरहेकाे छ। तर हामीले उत्पादन बढाउन सकिरहेका छैनाैँ।नेपालकाे अर्गानिक वस्तुहरू कसरी उत्पादन हुन्छ ? हेर्न आउन आतुरछन विदेशी पर्टकहरू। हामीले गन्तब्य र व्यवस्थापन गर्न सकिरहेका छैनाै।”

नाटाले अबका दिनमा यसतर्फ उचित कदम चाल्नुपर्छ।पर्यटनका सम्भावना र चुनाैतिलाई पर्यटन व्यवसायिले व्यापार सगसगै राष्ट्र,राष्ट्रिता र पहिचान सग जाेडेर लैजान सक्नुपर्छ।

“मेराे नेतृत्वकाे टिम नाटालाई नयाँ ढंगले अगाडी बढाउने राेडम्याप सहित निर्वाचमा उत्रिएकाे छ,सबै पर्यटन व्यवसायिले उचित निर्णय गर्नुहुनेछ भन्ने कुरामा विस्वस्त छु”, तुलाधारले भनिन्।