+

क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त

२७ चैत्र २०७८, आईतवार ०७:१३

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको महाप्रबन्धकमा वृतान्त खनाल नियुक्त भएका छन्। क्यानले खनाललाई महाप्रवन्धक नियुक्त गरेको आइतबार जानकारी आइतबार गराएको छ । उनले आगामी शनिबारबाट आफ्नो जिम्मेवारी सम्हाल्नेछन्।

क्यानले महाप्रबन्धकको पदका लागि गत माघ १८ मा दरखास्त आव्हान गरेको थियो। जसमा ३४ जनाको आवेदन परेको थियो। आवेदन हाल्नेमध्येबाट निर्णायक अन्तरवार्ताका लागि नौ जना छनौट गरिएको थियो। त्यसपछि क्यानको छनौट समितिले खनाललाई छानेको हो।