+

कोभिडका कारण एसियन गेम्स स्थगित

२३ बैशाख २०७९, शुक्रबार ०८:३९

काठमाडौँ । चीनको हाङझोमा हुने भनिएको एसियन गेम्स २०२२ स्थगित भएको छ। आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स कोभिड महामारीका कारण स्थगित भएको आयोजकको भनाइ छ। ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए)का कार्यबाहक अध्यक्ष रणधिर सिंहले रोयटर्सलाई दिएको जानकारी अनुसार एयिन गेम्स अब सन् २०२३ मा हुनेछ ।

ओलम्पिकपछिको सबैभन्दा ठूलो खेलकुद इभेन्ट मानिने एसियन गेम्स सांघाई भन्दा एक सय ७५ किलोमिटर दक्षिण पश्चिममा रहेको हाङझोमा हुने तालिका थियो। तर सांघाईमा कोभिडको नयाँ लहर आएको र त्यस क्षेत्रमा लकडाउन गरिएकाले एसियन गेम्स तोकिएको समयमा आयोजना हुन नसक्ने भएको हो । शुक्रबार टासकेन्टमा बसेको ओसीएको बैठकले एसियन गेम्सको मिति सार्ने निर्णय गरेको बताइएको छ। नयाँ मिति भने तोकिएको छैन।