टिप्पणी ।
उज्यालो नेपाल ।
राजसंस्था र हिन्दू अधिराज्य पुनवर्हालीको एजेण्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र महाधिबशेनको मिति नजिकिएसँगै शक्ति संघर्ष सुरु भएको छ । २०७८ साल मंसीरमा सम्पन्न एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्गदेनको कार्यकाल विधानतः आगामी मंसीरमा सकिँदै छ । तर आँफु पन अध्यक्ष निर्वाचित हुन चुनौति थपिएको महशुस गरेपछि लिङ्देनले विभिन्न रणनीति अवलम्वन गर्न थालेका छन ।
पार्टी नेतृत्व आफ्नो हातबाट फुत्कन नदिने अभियान अन्र्तगत अध्यक्ष लिङ्देनले महाधिबेशनको म्याद डेढ वर्ष थप्ने रणनीति बनाउनु भएको छ । पार्टी विधान अनुसार चार वर्षको अन्तरमा महाधिवेशन गर्न पर्ने व्यवस्था भए पनि संविधानमा साँढे पाँच वर्षसम्म महाधिबशेन नगरे पनि हुने छुट दिइएको छ । संविधानको यही व्यवस्थालाई टेकेर अध्यक्ष लिङ्गदेनले पार्टी विधानलाई धोति लगाउँदै महाधिबशेन सार्ने रणनीति अपनाउनु भएको हो ।
तर विधानद्धारा निर्धारित मिति भित्रै महाधिवेशन गराउन राप्रपा अध्यक्ष लिङ्गदेन माथि दवाव बढ्दै गएको छ । मुलुकका अन्य पार्टीहरुले एउटा महाधिबेशन र अर्को महाधिवेशनको अवधी लम्व्याउँदै गए पनि २०४७ साल जेठ १५ गते परम्परागत बैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाएको राप्रपाले विधान अनुसार निर्धारित समयमै पार्टीको महाधिवेशन गराउँदै आएको थियो । तर लिङ्गदेन अध्यक्ष बनेपछि राप्रपाको महाधिवेशन पनि माओवादीका अध्यक्ष प्रचण्डपथमै जाने संभावना देखिएको छ ।
पार्टी भित्र व्यापक दवाव बढ्दै गएपछि अध्यक्ष लिङ्गदेनले स्थानीय अधिबशेन गर्ने भन्दै ७७ वटै जिल्लामा केन्द्रिय प्रतिनिधि तोक्नु भएको छ । तर एकलौटी रुपमा केन्द्रिय प्रतिनिधि तोकिएको भन्दै पार्टीकै महामन्त्री, उपाध्यक्ष लगायतका पदाधिकारीहरुले आपत्ति प्रकट गरेका छन् । केन्द्रिय प्रतिनिधि तोक्दा नै जालझेल भएको भन्दै आपत्ति प्रकट गरिएका कारण स्थानीय अधिवेशन नै अनिश्चित बनेको छ । स्थानीय अबिधेशन नभएसम्म केन्द्रिय अधिवेशन संभव छैन । अध्यक्ष लिङ्देनले स्थानीय अधिवेशन विथोल्ने रणनीति अन्तरगत नै विवादास्पद रुपमा एकलौटी प्रतिनिधि तोकेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।
महाधिवेशनको मिति डेढ वर्ष धकेल्ने र यो अवधीमा आफ्ना लागि आँफै मतदाता तयार गरी फेरी अध्यक्ष बन्ने रणनीतिमा अध्यक्ष लिङ्गदेन देखिन्छन । आफ्नो रणनीतिमा जो जो वाधक देखिन्छन्, उनीहरुलाई कारवाही गरी क्रमशः पार्टीबाटै हटाउने अभियान अध्यक्ष लिङ्गदेनले सुरु गरिसकेका छन । यसको पहिलो शिकार महामन्त्री धवलशमशेर राणा परिसकेका छन । अर्का महामन्त्री कुन्ती शाही तथा उपाध्यक्ष रविन्द्र मिश्रलाई पनि पार्टीबाट हटाउने योजनामा लिङ्गदेन रहेको पछिल्ला घटनाक्रमले देखाएका छन् ।
यसैगरी वरिष्ठ नेता नवराज सुवेद्धी पनि कारवाहीमा परिसकेका छन । यो योजना अन्तरगत राणा, शाही र मिश्रका कतिपय समर्थकहरुलाई पार्टीबाट निस्कासित गरिसकिएको छ भने कतिपयले संभावित निष्काशनलाई दृष्टिगत गर्दै आँफैले धमाधम पार्टी परित्याग गरिरहेका छन् ।
त्यसो त अध्यक्ष लिङगदेनको कार्यशैलीबाट असन्तुष्ट भई पार्टीका संस्थापक अध्यक्ष तथा पूर्र्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द विगत दुई वर्षदेखि नै पार्टीका सार्वजनिक कार्यक्रममा देखापर्न छाड्नु भएको छ । यसैगरी प्रभावशाली नेता डा. प्रकाशचन्द्र लोहनीले पनि लिङ्गदेन नेतृत्वमा रहेसम्म पार्टीले गति लिन नसक्ने ठहरमा पुग्दै आफ्नो सक्रीयतालाई घटाउन थालिसकेका छन् ।
लामो समयसम्म पार्टीलाई नेतृत्व दिएका संस्थापक नेता पशुपतिशमशेर राणाले अध्यक्ष लिङ्गदेनलाई आगामी दशैंसम्मको अल्टिमेटम दिएका छन । आगामी दशैंसम्ममा कार्यशैली सुधार नगरे साथीहरुले अलगबाटो तय गर्ने चेतावनी पूर्वअध्यक्ष राणाको छ । लिङ्देनबाट नेतृत्व संभव छैन भन्दै महाधिवेशन लगत्तै अर्को पार्टी खोलेका कमल थापाको पक्षमा पछिल्लो समयमा आकर्षण बढ्न थालेको छ ।
अहिले राप्रपामा महामन्त्री डा. धवल शम्शेर राणा नै वैकल्पिक नेतृत्वका रुपमा देश भरका नेता कार्याकत्र्ताबाट प्रस्तावित हुन थालेका छन । राणाले खुलेरै अध्यक्षको कार्यशैलीप्रति विधिसम्मत विरोध र प्रतिवाद गर्दै आएका छन । अध्यक्ष लिङ्गदेनको कार्यशैलीबाट वाक्क दिक्क भई विकल्पको खोजीमा जुटेका नेता कार्यकत्र्ताको आशाको केन्द्र अहिले महामन्त्री राणा हुन थालेका छन । यथाशक्य छिटो लिङ्गदेनलाई अध्यक्ष पदबाट मुक्त नगरिए राप्रपाको मुलधारका रुपमा पार्टीको अस्तित्वमा नै प्रश्न उठने चिन्ताका कारण पनि आम राप्रपा नेता कार्यकत्र्ताहरु अध्यक्षको विकल्पमा खुलेर आउन थालेका छन ।
थप यो पनिः
राजा फर्काउन फेल खाएका राजेन्द्र लिङ्देन आफैं राप्रपाका राजा भएका हुन ?


