+

गाडी चोर आरोप सार्वजनिक रूपमै चुनौति दिन लिङ्देनलाई सुझाव

११ भाद्र २०८२, बुधबार ०६:०७

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई गाडी चारेको आरोप लागेको छ, तर उनी हालसम्म मौन छन् । यस विषयमा विभिन्न टीका टीप्पणी जारी छ, लिङ्देनले मौनता साँधेको कारण आरोप सही रहेछ भन्ने आंकलन पनि समाजमा सुनिएको छ ।

अभियन्ता दुर्गा प्रसाईले पत्रकार सम्मेलनको क्रममा भने, मलाई ठग भन्ने लिङ्देन आफैं भारतबाट गाडी चारेर ल्याएर विर्तामोडमा काटेर बेच्थे । प्रसाईले सोही बखत आफू तस्करी गरेको पैसाले भात खाने सन्तान नभएको पनि भने, बैंक ठगी गरेको भन्ने आरोपको विवरण सहित खण्डन गरे ।

आफूलाई सादगी नेता बताउने, सानोसानो विषयमा कसम खाने र अरुलाई चोरको संज्ञा दिन नचुक्ने राजनीतिक पात्रको रुपमा देखिएका लिङ्देन आफूलाई सार्वजनिक रुपमै बोर्डर पार सम्मको चोरी तस्करीको दाग लाग्दा किन बौल्दनन् ? यही चर्चा समाजमा जारी छ । यही विषयमा केही धारणा यहाँ प्रस्तुत गरेका छौं ।

कानुनी उपचार खोज्नुपर्छ हाम्रा अभिभावक, आस्था र भरोसाका केन्द्र राप्रपाका एकमात्र नैतिकवान, सन्त र स्वच्छ नेता, पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन माथि अभियन्ता दुर्गा प्रसाई, लाक्पा तामाङ लगायतका व्यक्तिहरुबाट हालसालै सार्वजनिक रूपमा लगाएको गम्भीर र नैतिक आरोपप्रति हतप्रभ, शर्मिन्दा र नतमस्तक भएको छु ।

श्रद्धेय अध्यक्षज्यू, यो सार्वजनिक कालो दागबाट मुक्ति पाउनका लागी सार्वजनिक रूपमै चुनौति दिउँ र दिनुस् । साथै कानुनी उपचार खोज्नुस् र खोजौं । समय अभाव भए हामी जस्ता तपाईँ र तपाईँको पार्टीका इमानी, सोझा-सिधा र स्टन्टबाज नजान्ने-नबुझ्ने कार्यकर्ताहरूलाई जिम्मा दिनुस् ! यसको सत्-तथ्य केलाएर जे हो त्यो (कालोलाई कालो, सेतोलाई सेतोको रूपमा) दुनियाँको अगाडि नाङ्गेझार बनाएर सिस्नु पानी लगाउँदै तपाईँ र समाजको अगाडी ल्याउने, देखाउने, भेटाउने, चिनाउने र सजायको भागीदार बनाउने प्रण र प्रतिवद्धता व्यक्त गर्दछु ।

जय राप्रपा ! जय इमान !! मुख देखाएर हिँड्न गाह्रो भो !! अर्जुन राई, सभासद तथा कार्यसम्पादन समिति सदस्य, राप्रपा हत्या केसमा सुर्यबहादुर थापाले जेलमुक्त गरेको हो राजेन्द्र लिङ्देनले गाडी चोरेर बेच्ने । विर्तामोडमा डान्सबार चलाउने काम गरेको मैले आजभन्दा दश वर्ष अगाडि सुनेको हो । देखेको चहि होइन । नदेखेको कुरा बोल्दिन तर उहाँ ६२/६३ सालको जनआन्दोलन अगाडि हाम्रो धरान-धनकुटा रूटमा खलासी हुँदै ड्राइभर बन्नुभएको हो ।

विद्यार्थीकालमा एक व्यक्तिको खुकुरी प्रहार गरि हत्या गरेपछि जेलबाट सुर्यबहादुर थापाले राजनीतिक मुद्दा बनाई निकालेको हो । मैले उहाँसँगै ५,६ वर्ष जति काम गरेको छु । मान्छे हेर्दा जति सोझो देखिन्छ कुमाईभन्दा धुर्त छ आफ्नो विरोधीलाई जुनसुकै अस्त्र प्रयोग गरेर भए पनि सिद्धाएरै छाड्ने प्रयास गर्छ । उहाँलाई उहाँको वाह वाह गरेको खुब मनपर्छ । बाख्रा चोर । घडी चोर पछि नेपाली राजनीतिमा नयाँ चोर आएछ । गाडी चोर ।

लाक्पा तामाङ,

अभियन्ता