काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल खेल सुरु हुनुअघि शनिबार कीर्तिपुरस्थित खेल मैदानबाहिर क्रिकेटप्रेमीहरूको उत्साहजनक सहभागिता देखिएको छ।
उपाधिका लागि मैदानमा रहेका साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीचको खेल हेर्न त्रिवि रंगशाला भरिभराउन देखिएको हो।



