+

प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस

१५ बैशाख २०८३, मंगलवार ११:४८

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशसभा बैठक आह्वानका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

मंगलबार बिहान बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले प्रदेशसभा बैठक आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए ।

उनका अनुसार, वैशाख २८ गते सोमबार दिउँसो ३ बजे बस्ने गरी बैठक आह्वान गर्न सिफारिस गरिएको छ ।