+

हर्क साम्पाङले भने– ‘हामी श्रमदानबाटै सिंहदरबार पुनर्निर्माण गर्छौँ’

४ जेष्ठ २०८३, सोमबार १५:५०

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले जेन–जी आन्दोलनका क्रममा जलेको सिंहदरबारको एक भाग श्रमदानबाट पुनर्निर्माण गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद साम्पाङले आन्दोलनका क्रममा जलेका सिंहदरबारभित्रका संरचनाहरू नागरिकस्तरको श्रमदानबाटै ब्युँताउनुपर्ने धारणा राखेका हुन्।

जेनजी आन्दोलनका क्रममा भौतिक क्षति पुगेको सिंहदरबारलाई राज्यकोषको रकम खर्च नगरी आफूहरू पुनर्निर्माण गर्न तयार रहेको बताएका छन्।

सरकारसँग सिंहदरबारको एउटा भवन श्रम संस्कृति पार्टीलाई बनाउने अनुमति दिनसमेत सरकारसँग माग गरेका छन्।