+

सोमबारदेखि देशका केही स्थानमा वर्षाको सम्भावना

१७ जेष्ठ २०८३, आईतवार २२:३८

काठमाडौं । सोमबार देशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना रहेको छ।

सोमबार राति देशको हिमाली भूभागमा साधारणतया बादल, पहाडी भूभागमा आंशिक बादल लाग्नेछ र तराई भूभागमा मुख्यतया सफा रहने छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग लगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।