+

यस्तो छ मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर

१९ जेष्ठ २०८३, मंगलवार ०७:११

काठमाडौं। नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राहरूको आधिकारिक विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नवीनतम विवरणअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५२ रुपैयाँ २९ पैसा कायम गरिएको छ।

पछिल्लो समय बलियो बन्दै गएको युरोपियन युरो एकको खरिददर आज १७६ रुपैयाँ ६७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३६ पैसा पुगेको छ। त्यस्तै, बेलायती युके पाउण्ड स्टर्लिङ एकको खरिददर २०४ रुपैयाँ २४ पैसा र बिक्रीदर २०५ रुपैयाँ ०५ पैसा तोकिएको छ भने स्वीस फ्र्यांक एकको खरिददर १९३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९४ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ।

अन्य देशका प्रमुख मुद्राहरूको विनिमय दर हेर्दा अष्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर १०९ रुपैयाँ ३० पैसा कायम भएको छ। क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११० रुपैयाँ १४ पैसा रहँदा सिङ्गापुर डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ २० पैसा तोकिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ५१ पैसा र बिक्रीदर नौ रुपैयाँ ५५ पैसा कायम हुँदा चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ४२ पैसा र बिक्रीदर २२ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ।

वैदेशिक रोजगारीका मुख्य गन्तव्य मानिएका खाडी मुलुकहरू र अन्य छिमेकी राष्ट्रको मुद्राको भाउ पनि राष्ट्र बैंकले तय गरेको छ। जसनुसार साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ४१ पैसा र बिक्रीदर ४० रुपैयाँ ५८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४१ रुपैयाँ ७८ पैसा कायम भएको छ।

नेपाली बजार र अर्थतन्त्रसँग सिधा जोडिएको भारतीय रुपैयाँ एक सयको खरिददर स्थिर रूपमा १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकको विनिमय दर सूचीमा उल्लेख छ।