नयाँ दिल्ली। भारत भ्रमणमा रहेका सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग उच्चस्तरीय भेटवार्ता गरेका छन्।
बिहीबार नयाँ दिल्लीमा भएको उक्त भेटघाटका क्रममा नेपाल-भारत द्विपक्षीय हित र आपसी सम्बन्धका विविध आयामबारे छलफल भएको जनाइएको छ।
द्विपक्षीय वार्तामा भारतीय विदेशमन्त्री जयशंकरका साथै विदेशसचिव विक्रम मिस्री समेत सहभागी थिए । नेपाल-भारत सम्बन्धलाई नजिकबाट नियालिरहेका विदेशसचिव मिस्रीको उपस्थिति र लामिछानेको यो भेटवार्तालाई कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।
भेटवार्ताबारे विदेश मन्त्री जय शंकरले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘हाम्रा छलफलहरू नेपाल–भारतको विकास साझेदारी र जनता–जनता सम्बन्धमा केन्द्रित थिए। विकास र समृद्धिलाई प्रवर्द्धन गर्न यिनीहरूको महत्त्वपूर्ण भूमिका छ।


