काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालको राजीनामा मागेका छन् । संयोजक प्रचण्डलाई ३६ बुँदे असन्तुष्टि पत्र पठाउँदै उन्रीहरुलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन् ।
‘यस्तो अवस्थामा पार्टी महाधिवेशनसम्म पार्टीलाई व्यवस्थित रूपले पुर्याउनु नै गाह्रो छ । त्यसो हुँदा तपाईँ संयोजक र सह(संयोजकले संयोजन समितिको विशेष बैठक बोलाएर मार्ग प्रशस्त गर्नोस् । नयाँ, योग्य र विचारवान कुनै नेतालाई संयोजक निर्वाचित गर्न कमिटीलाई अधिकार दिनोस्, त्यो कमिटीले राष्ट्रिय महाधिवेसन गर्नका निम्ति पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गरोस्,’ पत्रमा भनिएको छ ।
उनले अहिलेको संयोजक र सहसंयोजकको औचित्य के छ ? भन्दै प्रश्न गरेका छन्।
‘एउटा संयोजक बनेर पार्टी चलाउन किन नसक्ने ? के अब महाअधिवेशन गर्दा पनि यस्तै सेटिङ गर्नुहुन्छ ? अब कार्यकर्ताले त्यस्तो सेटिङ स्वीकार गर्लान ? कमरेड ! राम्ररी विचार गर्नोस् !’ खनालले भनेका छन् ।
उनले पार्टी एकताको घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको आरोप लगाएका छन् ।
‘यस पटकको निर्वाचनमा पार्टीले तपाई स्वयंमको विश्लेषण र अपेक्षाका वावजुद शर्मनाक पराजय भएको छ । कार्तिक १९ गते ०८२ मा गरेको एकताको घोषणा देखि अहिले ७ महिना पुग्दा पनि पार्टी एकिकरण हुन सकेको छैन । तपाईहरुले एकिकरण नै गर्न सक्नु भएको छैन् , देशको राष्ट्रिय परिस्थितिमा यति ठुलो परिवर्तन भएको छ । राजनीतिक शक्ति संतुलन मा पनि परिवर्तन भएको छ । यस्को कुनै ठोस विश्लेषण भएको छैन,’ उनले भनेका छन् ।
खनालले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको बताएका छन् । ‘तपाईं आफैंमा पनि अहिले आकर्षण छैन, नेतृत्वमा आशा र भरोसा एकदमै घटेको छ,’ भन्दै उनले दाहाललाई प्रत्यक्ष प्रश्न गरेका छन् ।
पूर्णपाठ :


