काठमाडौँ । सरकारले १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना गरेको छ ।
सरकारका प्रवक्ता सस्मित पोखरेलले शनिबार सरकारका सय दिने प्रगति सार्वजनिक गर्दै देशभरका १४ वटा संघीय अस्पतालमा जलन उपचार इकाइ स्थापना भएको जानकारी दिए ।
उनले त्यसका लागि ६४ स्वास्थ्यकर्मीलाई विशेषज्ञ तालिम दिइएको बताए । यस्तै, लक्षित वर्ग निशुल्क उपचार पोर्टल सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी भएको बताए ।
त्यस्तै राष्ट्रिय रोजगार कार्यक्रम अन्तर्गत स्थानीय तहबाट छनौट भएका १७ हजार श्रमिकमध्ये हालसम्म १५ हजार जनाले न्यूनतम रोजगारी पाएको उनले बताए ।


