No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आन्दोलनरत राहत शिक्षक र सरकारबीच सहमति, आन्दोलन फिर्ता

0

काठमाडौं । सरकार र आन्दोलनरत राहत शिक्षकहरुबीच पाँचबुँदे सहमति भएको छ । शुक्रबार शिक्षामन्त्री अशोककुमार राईको नेतृत्वमा भएको वार्तामा पाँच बुँदै सहमति भएको हो ।

सहमतिसँगै शिक्षकहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । शिक्षकको सीमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिकतर्फ शतप्रतिशत कायम गर्ने सहमति भएको छ । त्यस्तै परीक्षामा उत्तीर्ण भएका शिक्षकहरु स्थायी हुनेछन् भने अनुत्तीण भएका शिक्षकहरुलाई सरकारले आर्थिक प्याकेज दिने उल्लेख छ ।

संसदमा दर्ता भएको विधेयकमा भने आन्तरिकतर्फ ५० प्रतिशत कायम गर्ने उल्लेख थियो भने ५ असोजमा शिक्षक महासंघसँग भएको ६बुँँदे सहमतिमा ७५ प्रतिशत पुर्याउने उल्लेख थियो । त्यसमा असहमत राहत तथा बालविकास शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

 

 

प्रकाशित: १२ आश्विन २०८०, शुक्रबार १०:४६

Leave a Reply