No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

स्पेनका पूर्व राजा कार्लोस प्रथमविरुद्धको यौन दुव्र्यवहारको मुद्दा खारेज

0

बेलायतका एक न्यायाधीशले स्पेनका पूर्वराजा जुआन कार्लोस प्रथमको एक पूर्व प्रेमीले गरेको उत्पीडनको आरोपको लण्डनमा सुनुवाइ हुन नसक्ने फैसला सुनाएका छन् ।

फैसलालाई पूर्वराजा कार्लोस प्रथमले स्वागत गरेका छन् । इङ्ल्यान्डमा बस्ने डेनिस व्यवसायी कोरिना जु सायन–विट्गेन्स्टाइन–सायनले जुआन कार्लोसविरुद्ध १२ करोड ६० लाख पाउन्ड भन्दा बढी क्षतिपूर्ति माग गर्दै मुद्दा हालेकी थिइन् ।

सन् २०१४ मा राजगद्दी त्यागेका र अहिले ८५ वर्ष पुगेका पूर्वराजाले जासुसी र उत्पीडन गरेर आफूलाई ‘ठूलो मानसिक पीडा’ दिएको सायनको आरोप छ । न्यायाधीश रोवेना कोलिन्स राइसले पूर्व राजाविरुद्ध दायर भएको दिवानी मुद्दालाई अस्वीकार गरेका छन् ।

स्पेनका पूर्व राजाले यो निर्णयको स्वागत गरेका छन् । फैसलाले ‘आफू निर्दोष रहेको पुष्टि गरेको र ‘थप सार्वजनिक उपस्थिति’ को लागि मार्ग प्रशस्त गर्ने उनले बताएका छन् ।

प्रकाशित: २० आश्विन २०८०, शनिबार ०३:००

Leave a Reply