No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एसीसी यू-१९ क्रिकेटमा इरानलाई दुई सय ७४ रनले पराजित गर्दै नेपालको जित

0

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले इरानलाई दुई सय ७४ रनको फराकिलो अन्तरले हराएको छ ।

मलेसियामा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४० दशमलव १ ओभरमा अलआउट हुनुअघि तीन सय ५३ रन बनाएको थियो ।

लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको इरानले भने ३० दशमलव ५ ओभरमा अलआउट हुनुअघि ७९ रनमात्र बनाउन सक्यो । नेपालले दिएको बलियो लक्ष्य पछ्याएको इरानका ओपनर अमिर खोरासन्दले सर्वाधिक ३७ रन बनाए ।

उनले ५ छक्का र १ चौका प्रहार गरे । उनी आकाश चन्दको बलमा लङ अनका फिल्डर मिलन बोहोराको हातबाट क्याच आउट भए । नेपालले अर्को खेल आइतबार बहराइनसँग खेल्नेछ । त्यसपछि नेपालले अक्टोबर १९ मा साउदी अरेबियाको सामना गर्नेछ ।

प्रकाशित: २५ आश्विन २०८०, बिहीबार ०७:२६

Leave a Reply