No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हेलिकप्टर दुर्घटनाका घाइते मनाङ एयरका क्याप्टेन सेढाइँको निधन

0

काठमाडौँ । सोलुखुम्बुको लोबुचेमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा घाइते भएका क्याप्टेन प्रकाश सेढाइँको उपचारको क्रममा निधन भएको छ ।

दुर्घटनापछि भएको आगलागीमा परी गम्भीर घाइते भएका क्याप्टेनलाई तत्काल उद्धार गरी धुम्बराईस्थित ह्याम्स अस्पताल र त्यसपछि थप उपचारका मुम्बईस्थितनेसनल बर्न सेन्टर लगिएकोमा उपचारको क्रममा उनको निधन भएको नागरिक तथा उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले क्याप्टेन सेढाइँको निधन प्रति गहिरो दुःख समेत व्यक्त गरेको छ । गत शनिबार बिहान लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने बेला दुर्घटनामा परेको थियो ।

प्रकाशित: ८ कार्तिक २०८०, बुधबार ०५:२२

Leave a Reply