No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अहिलेका शासक खराब भए भन्दैमा लोकतन्त्र नै मास्ने गल्ती नगरौं

0

डा. बाबुराम भट्टराई ।
भनिन्छ– समाजमा पश्चगामी/रूढीवादी चेतना भएका मानिस ५ प्रतिशत जति हुन्छन् । अग्रागामी/वैज्ञानिक चेतना भएका मानिस १०–१५ प्रतिशत जति हुन्छन् । कुनै प्रष्ट चेतना नभएका ढुलमुकक/मध्यवर्ती मानिस ८० प्रतिशत जति हुन्छन् । त्यसैले जहिल्यै अग्रगामी चेतना भएका मानिसले मुठ्ठीभर प्रतिगामी शक्तिहरू जसलाई पुरानो सत्ता र परम्पराको लाभ हुन्छ तिनका विरूद्ध दरो मोर्चा कसेर बहुसंख्यक मध्यवर्ती वा ढुलमुकक जनतालाई तिनको भ्रमजालबाट मुक्त गर्नुपर्छ र निरन्तर उन्नत लोकतन्त्र,समानता र समृद्धिको मार्गमा अगुवाइ गर्नुपर्छ।आजसम्मको विश्व इतिहासको प्रगतिको नियम यही हो; नेपाल त्यसको अपवाद हुनसक्दैन ।

स्मरण रहोस्, इतिहास बगेको पानी झैं निरन्तर अघि बढ्छ, पछि फर्कदैन । लोकतन्त्रको विकल्प अझ उन्नत समावेसी र सहभागितामूलक लोकतन्त्र हो । कुनै पनि प्रकारको निरंकुशतन्त्र र राजतन्त्र हैन। लोकतन्त्रले वेलाबखत देखापर्ने खराब शासकहरूलाई लोकतान्त्रिक तरिकाबाटै हटाएर जनतालाई राहत दिन सक्छ तर निरंकुशतन्त्र र राजतन्त्रले सक्दैन ।

त्यसैले अहिलेका शासक भ्रष्ट र खराब भए भन्दैमा लोकतन्त्रलाई नै मास्ने वा कमजोर पार्ने गल्ती नगरौं । भ्रष्ट र खराब नेता/पार्टी फालौं, असल नेता/पार्टी रोजौं वा बनाऔं।कराईबाट उम्केर भुंग्रोमा हामफाल्ने गल्ती नगरौं। भोकलाग्यो भन्दैमा विषाक्त भोजन सेवन गर्ने गल्ती नगरौं ।

 

प्रकाशित: ९ कार्तिक २०८०, बिहीबार ०१:१४

Leave a Reply