No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राष्ट्रिय क्रिकेट टीमलाई ५० लाख रुपैयाँ पुरस्कार दिने क्रिकेट संघको निर्णय

0

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विश्वकपमा छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई प्रोत्साहन स्वरूप ५० लाख रुपैयाँ दिने भएको छ ।

सोमबार बसेको संघको केन्द्रीय कार्यसमितिको बैठकले विश्वकपमा छनोट हुने सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको हो ।

नेपाल आईसीसी पुरुष टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आउँदो वर्ष वेस्ट इन्डिज र अमेरिकामा हुने टी–२० विश्वकपमा छनोट भएको थियो ।

यस्तै संघले मलेसियामा सम्पन्न एसीसी पुरुष १९ वर्षमुनिको प्रिमियर कप क्रिकेट प्रतियोगितामा विजयी टोलीका सबै सदस्यलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय पनि गरेको छ ।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार १२:४६

Leave a Reply