No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपालका भूकम्प पीडितका लागि राहत सामग्री लिएर दुई वटा चिनियाँ जहाज पोखरामा अवतरण

0

पोखरा । पश्चिम नेपालका भूकम्पपीडितका लागि राहत सामग्री लिएर दुईवटा चिनियाँ जहाज पोखरा आएका छन् । चीन सरकारले घोषणा गरेको राहत सामग्री लिएर बुधबार बिहान दुईवटा जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आएका हुन् ।

ती जहाज चीनको छेन्दुबाट पोखरा आएका हुन् । राहत सामग्री पोखरा विमानस्थलमा चिनियाँ राजदूत चेन सोङले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । त्यसपछि पोखराबाट नेपाली सेनाको स्काइ ट्रकले ती सामग्री प्रभावित क्षेत्रमा पुर्याउने बताइएको छ ।

 

प्रकाशित: २२ कार्तिक २०८०, बुधबार ०५:०५

Leave a Reply