No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

साउदी अरबमा आगामी आर्थिक वर्षमा एक दशमलव ९ प्रतिशतले बजेट घाटा हुने प्रक्षेपण

0

साउदी अरबले सन् २०२३ मा कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशत र सन् २०२४ मा एक दशमलव ९ प्रतिशतको बजेट घाटा हुने प्रक्षेपण गरेको छ ।

विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक र मध्यपूर्वको सबैभन्दा ठूलो अर्थतन्त्र खाडी मुलुकले युक्रेनमा रूसको आक्रमणपछि करिब एक दशकमा पहिलो पटक बजेट अधिशेष हासिल गरेको एक वर्षपछि यो घोषणा आएको हो ।

साउदी अरब दृष्टि २०३० को रूपमा चिनिने एक व्यापक आर्थिक र सामाजिक सुधारको बीचमा छ, जसको उद्देश्य पहिले बन्द राज्यलाई व्यापार, पर्यटन र खेलकुद क्षेत्रमा रूपान्तरण गर्नु हो ।

सन् २०२३ मा यो घाटा ८२ अर्ब साउदी रियल हुने अनुमान गरिएको छ भने सन् २०२४ मा कूल ७९ अर्ब साउदी रियल हुने अनुमान गरिएको छ । रियादले सन् २०२४ मा ४ दशमलव ४ प्रतिशतको वास्तविक कूल ग्रार्हस्थ वृद्धि हुने अनुमान गरेको छ जुन यस वर्ष शून्य दशमलव शून्य ३ प्रतिशत मात्र रहेको छ ।

 

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार ०४:२४

Leave a Reply