No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

जापानमा भाङ उत्पादनलाई वैधानिकता दिने विधेयक पारित

0

जापानको संसदले भाङबाट प्राप्त हुने चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको छ  । बुधबार जापानको संसदले चिकित्सा उत्पादनलाई वैधानिकता दिने विधेयक पारित गरेको हो ।

संसदले औषधीय प्रयोजनका लागि बाहेक अन्य रसायनको प्रयोगलाई भने अपराधीकरण गरेको छ । जापानको माथिल्लो सदनले संशोधित भाङ र मादक पदार्थ नियन्त्रण कानून पारित गरेको छ, जुन घोषणा भएको एक वर्षभित्र लागू हुनेछ ।

संशोधित कानून अनुसार, भाङ र ‘टेट्राहाइड्रोकानाबिनोल बोटमा पाइने एक मनोवैज्ञानिक रसायन, लागुऔषधको रूपमा व्यवहार गरिनेछ, जसको प्रयोगमा युवाहरू र अरूलाई दुरुपयोग गर्नबाट रोक्न प्रतिबन्ध लगाइनेछ ।

जापानले पहिले नै गाँजा राख्न र वितरण गर्न प्रतिबन्ध लगाएको छ । यससम्बन्धी उल्लङ्घन गरेमा सात वर्षसम्मको जेल सजाय को व्यवस्था गरेको छ तर मेडिकल उत्पादनका लागि बिरुवा हुर्काउन अनुमति दिइनेछ ।

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार ०४:२८

Leave a Reply