No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पेरुका पूर्व राष्ट्रपति फुजिमोरी जेलबाट रिहा

0

पेरुका पूर्व राष्ट्रपति अल्बर्टो फुजिमोरी बुधबार रिहा भएका छन् । मानवता विरुद्धको अपराधमा उनले २५ वर्षे जेल सजाय भोगिरहेका थिए । संवैधानिक अदालतले मङ्गलबार तत्काल रिहा आदेश जारी गरेपछि उनी जेलमुक्त भएका हुन् ।

फुजिमोरी साँझ ६ः३० बजे लिमाको एटे जिल्लास्थित बार्बाडिलो कारागारबाट बाहिर निस्किनु भएको हो । रिहाइपछि उनले परिवारका सदस्यहरू केइको र केन्जी फुजिमोरीले भेटेका थिए । केही समय अघि नेसनल पेनिटेन्शियरी इन्स्टिच्युटले सामाजिक सञ्जाल मार्फत उनको रिहाइको प्रक्रिया अगाडि बढेको जनाएको थियो ।

प्रकाशित: २१ मंसिर २०८०, बिहीबार ०८:०५

Leave a Reply