No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गुयानामा सैन्य अभ्यास गर्ने अमेरिकाको तयारी

0

अमेरिकाले संयुक्त अभियानमा गुयानामा सैन्य उडानहरू गर्ने बताएको छ । दक्षिण अमेरिकी मुलुक गुयानाले विवादित तेल–समृद्ध क्षेत्रलाई लिएर छिमेकी मुलुक भेनेजुएलासँग बढ्दो तनावको सामना गरिरहेका बेला अमेरिकाको उक्त भनाइ आएको हो ।

गुयाना डिफेन्स फोर्ससँगको सहकार्यमा अमेरिकी दक्षिणी कमान्डले डिसेम्बर ७ मा गुयानाभित्र सैन्य उडान सञ्चालन गर्ने जनाएको छ । हालै तेल–समृद्ध एस्सेक्विबो क्षेत्रमा सीमा विवाद बढेको छ ।

उक्त क्षेत्रमाथि एक शताब्दीभन्दा बढी समयदेखि गुयानाको नियन्त्रणमा छ । तर भेनेजुएलाले पनि उक्त क्षेत्रमाथि दावी गर्दै सो क्षेत्र कब्जा गर्ने मनसाय व्यक्त गरेको छ । गुयानाको करिब दुई तिहाइ हिस्सा समेटिएको एस्सेक्विबोमा लामो समयदेखि चलिरहेको विवाद एक्सनमोबिलले त्यहाँ तेल पत्ता लगाएपछि चर्किएको छ ।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार ०३:४१

Leave a Reply