No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतान्याहु बीच वार्ता

0

अमेरिकी राष्ट्रपति जो बाइडेनले बिहीबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग वार्ता गरेका छन् । नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई हमास आतङ्ककारीहरूबाट अलग गर्न अत्यावश्यक रहेको विषयमा वार्ता केन्द्रित रहेको जनाइएको छ ।

दुई नेताहरूले गाजा क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमहरू बारे छलफल केन्द्रित गर्नु भएको बताइएको छ । राष्ट्रपति बाइडेनले “गाजामा मानवीय सहायताको निरन्तर र दिगो प्रवाह“ को महत्वमा विशेष जोड दिएका छन् ।

उनले इन्धनको व्यवस्थापन सुनिश्चित गर्ने इजरायलको निर्णयलाई स्वागत पनि गरेका छन् । ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ –’राष्ट्रपतिले नागरिकको सुरक्षा गर्न र नागरिकलाई हमासबाट अलग्गै राख्न महत्वपूर्ण कदम चाल्न आवश्यक रहेको विषयमा जोड दिनुभएको छ ।’

राष्ट्रपति बाइडेनले प्यालेस्टिनीहरू विरुद्ध गरिएको चरमपन्थी हिंसाका विषय र वेस्ट बैंकमा स्थायित्व बढाउनु पर्ने आवश्यकताको बारेमा आफ्नो चिन्ता दोहोर्याउँछन् ।

बाइडेनले गाजा क्षेत्रमा रहेका बन्धकहरूप्रति गहिरो चिन्ता व्यक्त गर्दै अन्तरराष्ट्रिय समिति (आईसीआरसी) लाई हमास आतङ्ककारीहरूले राखेका बाँकी बन्धकहरूसम्म पुग्न अनुमति दिनुपर्ने कुरामा सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्ति अनुसार उनले युवती (महिला) नागरिक बन्धकहरूलाई रिहा गर्न हमासले गरेको इन्कारले मानवीय संवेदनशीलतामा आँच पुगेको बाइडेनको ठहर छ । दुवै नेता नियमित छलफलमा बस्न सहमत भएको बताइएको छ ।

प्रकाशित: २२ मंसिर २०८०, शुक्रबार ०८:००

Leave a Reply