No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

0

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । दोहा २१ औं सम्मेलनमा भाग लिन मन्त्री साउद शनिबार बिहान पौने ८ बजे कतार एयरलाइन्सको उडानबाट त्यसतर्फ प्रस्थान गरेका मन्त्री साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन् । परराष्ट्रमन्त्री साउद आइतबारदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा सहभागी हुनेछन्।

त्यहाँ हुने उच्चस्तरीय भेटमा हमासको बन्धकमा रहेका विपिन जोशीको रिहाइको विषय गम्भीरताका साथ उठाउने मन्त्री साउदको सचिवालयले जनाएको छ ।

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपिनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ । मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

यस्तै उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए । परराष्ट्रमन्त्री साउदले शुक्रवारमात्रै विपिनको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा वेपत्ता व्यक्तिहरुका विषयमा हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका थिए।
हमास र इजरायलबीच केहीदिन युद्धविराम हुँदा हमासले केही बन्धक रिहा गरेको थियो। तर त्यसमा विपिन परेका छैनन् ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार ०५:०१

Leave a Reply