No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एडिबीद्वारा बङ्गलादेशलाई जलवायु प्राथमिकताको सहयोगका लागि ऋण स्वीकृत

0

 

 

एसियाली विकास बैंक (एडिबी) ले उसको राष्ट्रिय अनुकूल योजना (२०२३–२०५०) तथा पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदानको २०२१ अद्यावधिकलाई लागु गर्न बङ्गलादेशलाई ४० करोड अमेरिकी डलर ऋण सहयोग स्वीकृत गरेको छ ।

शुक्रबार स्वीकृत गरिएको नीतिमा आधारित उक्त ऋण सहयोग जलवायु केन्द्रित समावेशी विकास हासिल गर्न पेरिस सम्झौतामा राष्ट्रियरूपमा निर्धारित योगदान हो ।

उक्त ऋण साङ्केतिक ७० करोड अमेरिकी डलरको जलवायु उत्थान तथा समावेशी विकास कार्यक्रमको पहिलो हिस्सा हो । यसले बङ्गलादेशलाई उसको जलवायु क्षेत्रलाई संरक्षण गरी कार्बन तथा हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याई मूलधारको लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणमा मद्दत गर्ने लक्ष्य लिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘जलवायुको झट्काले बङ्गलादेशको विकास र गरिबी उन्मूलनलाई गम्भीररूपमा अवरोध पुर्याइरहेको छ, जलवायु कार्यका लागि वित्तीय व्यवस्थाको धेरै आवश्यकता छ, बङ्गलादेश यो चुनौतीको सामना गर्नका लागि दृढ प्रतिबद्ध छ र एडिबी यो क्षेत्रको जलवायु बैंकका रूपमा बङ्गलादेशलाई उसको प्रयासहरूमा सहयोग गर्न तयार छ’, एडिबीको सार्वजनिक व्यवस्थापनका प्रमुख अर्थशास्त्री अमिनुर रहमानले भने ।

एडिबीले जलवायु परिवर्तनका प्रतिकूल प्रभावहरूबाट बङ्गलादेश विश्वको सबैभन्दा जोखिममा परेको मुलुक भएको र वार्षिक औसतमा तीन अर्ब डलरको नोक्सानी हुने गरेको बताएको छ ।

प्रकाशित: २३ मंसिर २०८०, शनिबार १४:२४

Leave a Reply