No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हजारौँ विस्थापित प्यालेस्टिनीहरू रफाहमा आश्रयविहीन

0

 

प्यालेस्टाइनको रफाहमा हजारौँ विस्थापित सर्वसाधारणहरूले चिसो आकाशमा दिन रात बिताउनुपरेको संयुक्त राष्ट्र सङ्घले जानकारी गराएको छ ।

मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रको कार्यालय (ओसिएचए) ले डिसेम्बर ३ देखि गाजा पट्टीको दक्षिणी छेउमा रहेको रफाह शहरमा दशौँ हजार आन्तरिक रूपमा विस्थापित मानिसहरू रहेको जानकारी गराएको छ ।

इजरायली सेनाले युनिस शहर खाली गर्न दिएको आदेश र निरन्तरको बमबारी र लडाइँपछि तिनीहरूमध्ये अधिकांश छिमेकी क्षेत्रबाट आएका बताइएको छ ।

सबैभन्दा पछि आएका विस्थापित मानिसहरूले रफाहमा ठूलो भीडभाडबीच आफूहरूलाई सडक वा अन्य खुला ठाउँहरूमा पनि आफ्नो ठाउँ पाउन मुस्किल भइरहेको छ ।

“हजारौं विस्थापित मानिसहरूले निर्माणाधीन कतारी फिल्ड अस्पताल र रफाहको अल–कुड्स ओपन युनिभर्सिटी क्याम्पसमा अस्थायी संरचना र टेन्टहरू स्थापना गरेका छन्,”राष्ट्रसङ्घीय उक्त निकायले भनेको छ ।

धेरै प्यालेस्टिनीहरूका लागि, अक्टोबर ७ मा गाजा पट्टीमा इजरायलको आक्रमण सुरु भएदेखि उनीहरूले अनुभव गरेको यो दोस्रो वा तेस्रो विस्थापन हो ।

संयुक्त राष्ट्रका अनुसार गाजाका करिब १९ लाख जनसङ्ख्याको झन्डै ८५ प्रतिशत आन्तरिक रूपमा विस्थापित भएको अनुमान गरिएको छ ।

यी विस्थापितहरूमध्ये करिब १२ लाख गाजा पट्टीमा प्यालेस्टिनी शरणार्थीहरूको लागि संयुक्त राष्ट्रसङ्घको राहत तथा मानवीय मामिला हेर्ने निकायका १५१सेवा  सुविधाहरूका लागि दर्ता गरिएको छ ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरणअनुसार गाजा पट्टीमा हप्तौँदेखि चलेको द्वन्द्वमा करिब १७ हजार पाँच सय व्यक्तिको मृत्यु भएपछि गुटेर्रेसले आपत्कालीन बैठक बोलाएका थिए ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको रक्तपातपूर्ण आक्रमणका कारण उक्त क्षेत्रमा युद्ध सुरु भएको थियो, जसमा एक हजार दुई सय व्यक्तिको मृत्यु भएको, मृत्यु हुनेमा अधिकांश सर्वसाधारण रहेका र अन्य दुई सय ४० जनालाई बन्धक बनाइएको इजरायली अधिकारीहरूले बताएका छन् ।

 

 

 

प्रकाशित: २४ मंसिर २०८०, आईतवार ०२:१६

Leave a Reply