No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हमासको उन्मूलन नभएसम्म गाजामा युद्धविराम नहुने इजरायली प्रधानमन्त्रीको भनाई

0

इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले प्यालेस्टिनी क्षेत्रमा इजराइली सुरक्षा बलहरूसँग युद्धरत हमासको ‘उन्मूलन’ नभएसम्म गाजामा कुनै युद्धविराम नहुने बताएका छन् ।

विज्ञप्ति जारी प्रधानमन्त्री नेतान्याहुले निर्धारित सबै उद्देश्य हासिल नभएसम्म युद्ध जारी राख्ने बताएका हुन् । उनले आफूहरुको उद्देश्य हमासको उन्मूलन र आफ्ना बन्धकहरूको रिहाइ र गाजाबाट खतराको अन्त्य रहेको बताए ।

गाजामा सम्भावित युद्धविराममाथि छलफल गर्नका लागि इजिप्टका गुप्तचर प्रमुख अब्बास कामेलसँग कुराकानी गर्न हमास प्रमुख इस्माइल हानियेह बुधबार कायरो गएपछि नेतान्याहुको यस्तो टिप्पणी आएको हो ।

प्रधानमन्त्री नेतान्याहुले इजराययी सेनाले गाजामा ‘प्रत्येक स्थान’ मा हमासमाथि आक्रमण गरिरहेको बताए । उनले कसैले इजरायल रोकिन्छ भन्ने सोचेको छ भने ऊ वास्तविकतासँग जोडिएको छैन भनेर बुझ्नुपर्ने बताए ।

प्रकाशित: ५ पुष २०८०, बिहीबार ०२:०७

Leave a Reply