No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारलाई थाहा छैन, मधेसी जनता सिमाना रक्षा गरेर बसेका छन्

0

डा. युवराज संग्रौला ।

सिम्रौनगढ नेपालको अघिल्लो इतिहासमा एउटा महत्वपूर्ण भुगोल र सभ्यता हो । एउटा दस्तावेजमा पढें, ‘आंशुवर्माको को राजसभामा’ सेना प्रमुखले भनेछ ‘सिम्रनगौडले विद्रोह गर्ने प्रयास गर्दैछन् दमन गर्नु पर्यो।’ अंशुबर्माले भनेछन्, ‘दमनले विद्रोह रोक्दैन । वार्ता गर समस्या समाधान गर्न।’ विद्रोह भएन। समाधान भयो । तर जब बंगाली सुल्तानले हिंश्रक आक्रमण गरे, सिम्रनगढ सभ्यता तहसनहस भयो, राज्य भत्किो ।
१. आज पनि सिम्रौनगौढको अवशेष स्वरुप यथावत छ । वरिपरि पर्खाल जस्तो जंगल छ । यो शहर त्यसबेला १४ कोसको वृत्तभित्र बनेको कुरा सर्वसामान्य मानिसलाई पनि थाहा छ । तर आज त्यो वैवभको जगेर्ना गर्न जाँगर नेपाली शासकलाई छैन ।

२. जमिनमा अतिक्रमण भएको छ । भोलि उत्खनन गर्नुपर्ने हुन्छ ।

३. तर सरकारको यो क्षेत्रमा कुनै भूमिका छैन।

४. म मधेसमा छु । शीतलहर छ, मुटु छेड्ने जाडो छ । गरीब जनता भुसको आगो तापेर जीवन बाँचिरहेका छन् । तर सरकार कतै छैन । नेता कतै छैन । काठमाडौंलाई थाहा छैन, मधेस पनि नेपाल हो । मधेशी जनता नेपाली हुन् । उनीहरु नेपालको सिमाना रक्षा गरेर बसेका छन् । बाराका उखु काट्ने श्रमिक भारतबाट आएका छन् । वीरगंजका उद्योगमा नेपालीले काम गर्न पाउँदैन ।

५. मधेसमा गरीबले बाँच्न सक्ने अवस्था छैन । मधेसी जनता पनि राष्ट्रवादी छन् । तर सरकारलाई मधेसको शिक्षाको स्तरको कुनै सरोकार छैन । मधेसमा काउलीको दाम प्रतिकिलो १० रुपैयाँ मात्र छ, काठमाडौमा ११० रुपैयाँ पर्छ। तरकारी बिक्दैन ।

६. तराईलाई कमजोर पारेर देश बाँच्दैन।

मैले गाउँगाउँ गएर देखेको छु । निलगाईले बाली खाइदिन्छ, तरकारी बिक्दैन, उखु बिक्दैन । गहुँ एक कठ्ठा रोप्पा २४०० सय खर्च लाग्छ, १०० किलो उत्पादन हुन्छ, ३५०० रुपैयाँमा बिक्छ । श्रमको मूल्य खोइ ? युरिया ७०० रुपैयाँमा पाउनु पर्ने किन किसानसँग १,००० रुपैयाँ लिएको । सिम्रौनगढमा शिक्षकले श्रावणदेखि तलव पाएका छैनन् किन ? एकपल्ट काठमाडौंका प्रत्यके मानिसले मधेसका पीडा बुझ्ने प्रयत्न गरौं ।

प्रकाशित: २६ पुष २०८०, बिहीबार ०४:५३

Leave a Reply