No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राजनीतिको बजारमा पृथ्वीनारायणलाई दुईथरीले दोहन गरिरहेका छन्

0

डा. युवराज संगौला ।

आज नेपाललको एकीकरण मनाइने दिन हो । राजा पृथ्वीनारायणका दुईटा देन छन् ।

(१) नेपाललाई पुनः एउटा एकीकृत देश बनाउने अभियानको रणनीतिक तथा बुद्धिपूर्ण एकीकरण र

(२) युरोपेली उपनेवेशी साम्राज्यवादको विरुद्धमा ‘उपनिवेशक’ विरुद्ध अन्तर्राष्ट्रिय अभियानको थालनी गर्ने । यी दुई देनका लागि नै उनी राष्ट्रिय गौरव हुन् ।

– उपनेवेश विरुद्धको अभियान बृटिश साम्राज्यवादका विरुद्ध सिन्धुलीगढीबाट भएको थियो। यस युद्धमा किन्लक (अगाडि मैले गल्ती गरेर यो अक्टोरलोनी लेखेछु, सुधारें) भाग्यो बेतिया । यो कुरा ‘अमेरिकी दार्शनिक तथा स्वतन्त्रता सेनानी थोमस पेनले लेखेका छन् । उनले भनेका छ्न, ‘सानो देश गोर्खाले बृटिशलाई पराजित गर्यो हामी किन लड्न सक्तैनौ’? अर्थात् ‘अमेरीकाले नेपालबाट उपनिवेशका विरुद्ध लड्ने प्रेरणा नेपालबाट पायो ।

– तर आज नेपाल प्यालेस्टाइनमा भएको आमहत्याकाविरुद्ध बोल्न सक्दैन । आज नेपालको असंलग्न नीति तोडिएको छ । आज नेपालको अन्तराष्ट्रिय गौरव गिरको छ । किन ?

– किनभने राजनीतिक दलले हिजो ‘शान्तिक्षेत्र’ जस्तो नेपाल जोगाउने अन्तर्राष्ट्रिय कानुनको विरोध गरे । राजतन्त्रले सबै राजनीति विचारलाई एकसुत्रमा बाँध्न चाहेन । राजा वीरेन्द्रले गर्न खोजेका थिए त्यसैले त्यो हत्या भयो । उनका उत्तराधिकारीले आफ्नो गद्दी सुरक्षित गर्न यो हत्याको अनुसन्धानलाइ औपचारिककतामा सकिदिए ।

– आज राजनीतिका बजारमा पृथ्वीनारायणलाई दुईथरीले दोहन गरिरहेका छन्, मुर्खतापूर्वक । (१) आफ्नो सत्ताको निर्वाध निरन्तरताका लागि राजतन्त्रको विरोध गर्दा त्यही घानमा पृथ्वीनारायणलाई पनि हालीदिने–उनीहरुले इतिहासको अपमान गरिरहेका छन् र राष्ट्रियताको अपमान गरिरहेको छ (२) केही राजापन्थीले पृथ्वीनारायणको बखान आफ्नो सत्ताको पुनरावृत्तिका लागि खेतीमा परिणात गरेका छन् । केही अराजकले उनलाई लोकतन्त्रको विरोध गर्ने माध्यम बनाएका छन् ।

– पृथ्वीनारायण नेपालको पुनः अस्तित्वको इतिहास हो । उनको देन नेपालमा मगधका राजा चन्द्रगुप्त मौर्य, चीनका चीन स ह्वाङ्गको जस्तै हो । उनी नेपाली नागरिकका इतिहास हुन् कसैका पिता परपिता होइनन् ।

 

प्रकाशित: २७ पुष २०८०, शुक्रबार ०७:४१

Leave a Reply