No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

फ्रेन्च लिग वान फुटबलमा पीएसजीलाई अग्रता

0

काठमाडौं । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेइन पीएसजीले शीर्ष स्थानमा अग्रता बलियो बनाएको छ । आइतबा राति भएको खेलमा लेन्सलाई २–० गोल अन्तरले पराजित गर्दै ३ अंक थपेपछि पीएसजीको अग्रता ८ भएको छ । पीएसजी ४३ अंकका साथ शीर्ष स्थानमा रहँदा दोस्रो स्थानमा रहेको नाइस ३५ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । पीएसजीसँग पराजित भएको लेन्स भने २८ अंकका साथ आठौं स्थानमा छ ।

गएराति लेन्सविरुद्ध पीएसजीलाई जिताउन ब्राड्ले बारकोला र केलियन एम्बाप्पेले एक एक गोल गरे । खेलको सातौं मिनेटमा लेन्सका प्रेजेमिस्लाव फ्राकोस्कीले प्रहार गरेको पेनाल्टी खेर गएपछि अग्रता बनाउन असफल भयो ।

त्यसपछि लय गुमाएको लेन्सविरुद्ध ३० औं मिनेटमा एम्बाप्पेको पासमा बारकोलाले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए दिलाए । पहिलो हाफको अतिरक्त तेस्रो मिनेटमा लेन्सका जोनाड ग्राडिट रातो कार्ड पाउँदै मैदान छाडेपछि १० खेलाडीले दोस्रो हाफ पुरै खेल्नु परेको थियो । त्यसको भरपुर फाइदा पीएसजीले उठाउन भने असफल भयो ।

१० खेलाडीविरुद्ध हावी हुन नसके पनि ८९ औं मिनेटमा एम्बाप्पेले ओस्मन डेम्बेलेको पासमा गोल गरेपछि पीएसजी २–० को जित निकाल्न सफल भयो ।

फ्रेन्च लिग वानकै अर्को खेलमा ली हाभ्रैले लियोनलाई ३–१ गोल अन्तरले पराजित गरेको थियो । यो खेलमा लियोनका २ खेलाडी रातो कार्ड पाउँदै मैदान छाडेका थिए । ३० औं मिनेटमा ज्याक ओब्रियन र ९० औं मिनेटमा डिउज एलेटा कारले रातो कार्ड पाएका थिए ।

गौटियर लोरिसले १८ औं मिनेटमा गोल गर्दै हाभ्रेलाई अग्रता दिलाएका थिए । ५० औं मिनेटमा इमानुयल साबीले ५० औं मिनेटमा अग्रता दोब्बर बनाए । लियोनका एलेक्जेन्डर लाकाजेटीले ५४ औं मिनेटमा गोल गर्दै अन्तर २–१ मा झारेका थिए ।

६२ औं मिनेटमा क्रिष्टोफर ओपेरीले गोल गरेपछि ३–१ को जित निकाल्न सफल भयो । तालिकामा ली हाभ्रे ११ औं तथा लियोन १६ औं स्थानमा छन् ।

यसैगरी ब्रेस्टले मोन्टपिलरलाई २–० गोल अन्तरले पराजित गर्दा टोसुलोले मेट्जमाथि १–० को जित निकालको छ । यसैगरी केलमोन्टले नान्टेसजविरुद्ध २–१ को जित निकाल्दा लिलेले लोरेन्टलाई ३–० ले स्तब्ध बनायो ।

प्रकाशित: १ माघ २०८०, सोमबार ०३:१५

Leave a Reply