No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न

0

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्वारा आयोजित तेश्रो कागेश्वरी मनोहरा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रमको नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ग नगर उप–प्रमुख शान्ता थापा सम्पूर्ण वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, नगर सभासदस्य, प्रमुख प्रशाशकीय अधिकृत, विभिन्न राजनितिक दलका नेता, शिक्षा समितिका सदस्यलगायतको उपस्थिति रहेको थियो ।

अतिथीहरुलाई प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिको तर्फबाट सोही नगरपालिका वडा नम्बर ७ का प्रमुख तथा कार्यक्रम संयोजक भिमसेन थापाले आभार व्यक्त गरेका थिए । विजयी विद्यालय तथा खेलाडीलाई उनले आगमी खेल जीवन सफलताको शुभकामना दिए । प्रतियागिता गान्धी आदर्श माविमा भएको थियो ।

समापन समारोहा ववडा अध्यक्षहरु मुकुन्द गजुरेल, राममणी पुडासैनी, प्रकाश फुयाल, अनिल थापा, हरिभक्त पुडासैनीलगायत नगर सदस्यहरुले सहभागिता जनाएका थिए ।

विभिन्न विधामा विजयी भएका खेलाडीलाई अतिथीहरुले शिल्ड, मेडल र प्रमाणपत्र पदान गरेका थिए ।

प्रकाशित: १ माघ २०८०, सोमबार ०४:४४

Leave a Reply