No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री कप एक क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

0

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विभागीय टोली एफीएफले लगातार दोस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा कोशी प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले अपराजित यात्रालाई निरन्तरता दिएको हो ।

यसअघि पहिलो खेलमा एपीएफले बागमति प्रदेशलाई ८९ रनले हराएको थियो । प्रतिकुल मौसमका कारण ४७ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको कोसीले ४४.३ आभरमा सबै विकेट गुमाएर १३५ रन बनाएको थियो ।

१३६ सामान्य लक्ष्य पछ्याएको एपीएफले १९.१ ओभरमा मात्र ४ विकेट गुमाएर पूरा गर्यो । एपीएफलाई जिताउन कप्तान रोहित पौडेलले ५३ बलमा ८० रनको उत्कृष्ट पारि खेले । उनले ३ छक्का र ९ चौका प्रहार गरेका थिए ।

यसगरी सुमित महर्जन २० रनमा नटआउट रहँदा सन्दीप जोराले २ रनको नटआउट पारि खेले । प्रज्वल शाही २२ तथा आशिफ शेख ४ रनमा आउट भएका थिए । पुर्ण विकले १ रन बनाए ।

कोशी प्रदेशका फिर्दोश अन्सारी, कमल खत्री र समिर कार्कीले एक एक विकेट लिए । टस हारेर पहिले ब्याटिङ गर्दा कोशीको सुरुआत भने राम्रो रहेन । मिनाश थापाले खाता नखोल्दै आउट भएका थिए । त्यसैगरी फिर्दोश अन्सारीले ५५ रनको अर्धशतकीय पारि खेल्दा सोनु अन्सारीले २० रन बनाए । त्यसैगरी कप्तान अंकित सवेदीले १३ तथा सोनु मण्डलले ११ र आशिष भट्टराईले १० रन बनाए ।

एपीएफका अभिनाश बोहोरा र कप्तान रोहित पौडेलले तीन तीन विकेट लिँदा अमर रौटेलाले २ विकेट हात पारे । मौसम ढकाल र भुवन कार्कीले एक एक विकेट लिए । आजको खेलमा कप्तान पौडे प्लेयर अफ दी म्याच बने ।

प्रकाशित: १ माघ २०८०, सोमबार १०:०४

Leave a Reply