No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

प्रधानमन्त्री कप क्रिकेटमा लुम्बिनीविरुद्ध सुदूरपश्चिमको सहज जित

0

 

भैरहवा (रुपन्देही) । भैरहवामा जारी प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमले लुम्बिनी प्रदेशलाई पाँच विकेटले पराजित गरेको छ । सोमबार भएको खेलमा ब्याटर शेर मल्लको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिमले जारी प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ४८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय ५८ रन मात्रै बनाउनसक्यो । लुम्बिनीका लागि प्रज्जवल थापाले ६८ बलमा ४ चौकाको मद्दतमा सर्वाधिक ४२ रन बनाए भने मोहम्मद हुसेनले २६ रन र विराट भण्डारीले २३ रन बनाए ।

सुदूरपश्चिमका लागि नारायण जोशीले तीन विकेट लिए भने भोजराज भट्ट र नरेन साउदले समान दुई/दुई विकेट लिए । एक सय ५९ रनको लक्ष्य सुदूरपश्चिमले २९ दशमलव तीन ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।

उसका लागि शेर मल्लले अविजित ४२ रन र नारायण जोशीले २८ रन जोडे । साथै ओपनरद्वय खडक बोहराले २१ र टेक रावतले १८ रन बनाए । लुम्बिनीका लागि अभिशेष गौतमले तीन विकेट लिए भने कृष्ण कार्की र अजय चौहानले समान एक÷एक विकेट लिए । सुदूरपश्चिमका नारायण जोशी प्लेयर अफ द म्याच घोषित भए ।

प्रकाशित: १ माघ २०८०, सोमबार १५:१०

Leave a Reply