No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बनेपा–९ का वडाध्यक्ष नृपेश बादे १५ लाख घुससहित अख्तियारको नियन्त्रणमा

0

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले १५ लाख घुससहित एकजना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । अख्तियारको टोलीले काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादेलाई १५ लाख घुससहित पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनको लागि १५ लाख घुस लिइसकेको अवस्थामा बादेलाई बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।

बादेसँगै आएका बा ७ च १२९ नम्बरको कार चालक सिन्धुपाल्चोक बाह्रबिसेका पदमबहादुर प्रधानलाई समेत गाडीसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।

प्रकाशित: ३ माघ २०८०, बुधबार १६:१०

Leave a Reply