No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

खुलामञ्चलाई जनआवाज मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउन बाबुरामको सुझाव

0

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले खलामञ्चलाई अझ खुलै रहन दिएर व्यवस्थित बनाउन सुझाव दिएका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्च मासेर फुटबल मैदान बनाउन लागेको खबर बाहिरिएपछि शुक्रबार सामाजिक संजालमार्फत भट्टराईले खुलामञ्चलाई खुलै राख्न सुझाव दिएका हुन् ।

उनले भनेका छन्, ‘खुलामञ्चलाई खुलै रहन दिउँ । यो पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्व स्थल हो ! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषिकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझै सम्झना हुन्छ ।’

उनले खुलामञ्चलाई अझै व्यवस्थित बनाएर आमजनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउनुपर्ने बताएका छन् ।

उनले भने, ‘बरू खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्नसक्ने सार्वजनिक स्थल बनाउँ । जीवन्त लोकतन्त्रमा संसद मात्र हैन सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्वपूर्ण थलो हुन्छ भन्ने नभुलौं । हिजोका आन्दोलनकारीहरू आज सत्तासिन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन ।’

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ०९:४५

Leave a Reply