No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सरकारले गर्यो २९ सहसचिवको सरुवा

0

काठमाडौं । सरकारले बिभिन्न निकायमा कार्यरत २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरुको सरुवा गरेको हो । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको पनि सरुवा भएको छ ।

मेयर बालेन साहसँगको विवादपछि उनको सरुवा गरिएको छ । अधिकारीलाई मधेसी आयोगको सचिवको जिम्मेवारीमा सरुवा गरिएको छ भने राष्ट्रिय योजना आयोगमा कार्यरत सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ । यसैगरी गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद रिसाललाई अर्थ मन्त्रालय, सेवन्तक पोखरेल मधेश प्रदेश अर्थ मन्त्रालय, सेवन्तराज दाहाल गण्की प्रदेश प्रमुखको कार्यालय, बासुदेव दाहाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै छबिन्द्र पराजुली कोशी प्रदेश प्रमुखको कार्यालय, इश्वरकुमार गिरी समावेशी आयोग, गोबिन्द्रप्रसल रिजाल श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, हरिशरण पुडासैनी बागमति प्रदेश पर्यटन मन्त्रालय, केशवप्रसाद दाहाल शिक्षा मन्त्रालय, झलकराम अधिकारी नेपाल ट्रष्टको कार्यालय, बाबुराम ज्ञवाली योजना आयोग र निता पोखरेल अर्याल बागमती प्रदेश लोकसेवा आयोगमा सरुवा भएका छन् ।

त्यसैगरी नम्रता सिंह लुम्बिनी प्रदेश कृषि मन्त्रालय, दिवस आचार्य राष्ट्रि«य सुरक्षा परिषद, बैरेन्द्रकुमार यादव मधेश प्रदेश गृह मन्त्रालय, सुरेन्द्र पौड्याल मधेश प्रदेश श्रम मन्त्रालय, दिनानाथ मिश्र शिक्षा मन्त्रालय, माधवप्रसद भट्टराई कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, रमेशकुमार सिंह उर्जा मन्त्रालय, शैलेशकुमार झा उद्योग मन्त्रालय सरुवा भएका छन् ।

यस्तै अमृत श्रेष्ठ बागमति प्रदेश भौतिक पूर्वाधार मन्त्रालय, दुर्गालक्ष्मी श्रेष्ठ लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय, केदारनाथ शर्मा काशी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, लक्ष्मीप्रसाद भट्टराई कोशी प्रदेश सामाजिक बिकाश मन्त्रालय, दिपकराज नेपाल श्रम मन्त्रालय, टंकप्रसाद प्रसाई गण्डकी प्रदेश कृषि मन्त्रालय र सहदेवप्रसाद हुमागाई कृषि तथा पशुपंन्छी मन्त्रालयमा सरुवा गरिएको छ ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार ११:५७

Leave a Reply