No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

हर्कको साम्पाङ प्रश्नः मैले लगाएको एक पाउको ताला देख्ने अदालतले किन देखेन हजारौँ बिरामीले उपचार नपाएको ?

0

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरे दिएको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साम्पाङले हजारौं बिरामीले उपचार नपाएको नदेख्ने अदालतले आफूले लगाएको सानो ताला देखेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्, ‘मैले लगाएको स्यानो एक पाउ जतिको ताला देख्ने अदालतले हजारौँ बिरामी उपचार नपाएर चिसोमा बाहिर चौरीमा रुँदै सुतेको र अकालमा मरेको देखन । हो मै हुँ अपराधी मलाई कठघरामा उभ्याउनु किनकी मैले जनताको दुःख बुझ्ने अपराध गरें ! धन्यवाद !’

मेयर साम्पाङले माघ १ गते प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलिएको थियो ।

प्रकाशित: ५ माघ २०८०, शुक्रबार १५:३७

Leave a Reply