No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

नेपाली नागरिकहरूलाई रुसी सेनामा भर्ना नलिन रुसी उपविदेशमन्त्रीलाई परराष्ट्रमन्त्री साउदको आग्रह

0

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी उपविदेशमन्त्रीसँग नेपाली नागरिकहरूलाई त्यहाँको सेनामा भर्ना नलिन आग्रह गरेका छन् । युगान्डाको राजधानी कम्पालामा जारी असंलग्न राष्ट्रहरूको ’नाम’ शिखर सम्मेलनका क्रममा रुसी उपविदेशमन्त्री सर्गेई वर्सिनिनसँगको भेटका क्रममा उनले नेपाली नागरिकलाई सेनामा भर्ना नलिन र भर्ना भएकालाई फिर्ता गरिदिन आग्रह गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले रुसी पक्षलाई केही मुलुकसँग परम्परागत व्यवस्थाबाहेक विदेशी सेनामा नागरिक पठाउने नेपालको नीति नरहेको बताएका छन् । मन्त्री साउदले युक्रेनसँगको युद्धका क्रममा मृत्यु भएका नेपालीको शव स्वदेश फिर्ता गरिदिन र उनीहरुको परिवारलाई क्षतिपूर्ति दिन पनि आग्रह गरे ।

जवाफमा रुसी उपविदेशमन्त्री वर्सिनिनले परराष्ट्रमन्त्री साउदले उठाएका विषयहरू सम्बोधनका लागि पहल गरिने बताए । रुसी प्रतिनिधिमण्डलका प्रमुखसमेत रहेका उपविदेशमन्त्रीसँगको भेटमा नेपाल–रुस सम्बन्धका विविध विषयमा छलफल भएको थियो ।

प्रकाशित: ६ माघ २०८०, शनिबार ०३:१७

Leave a Reply