No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

विश्वकप क्रिकेट : पाकिस्तानविरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल

0

 

काठमाडौँ ।  आइसीसी उन्नाइस वर्षमुनि (यु–१९) विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफनो दोस्रो खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्क क्रिकेट मैदानमा पाकिस्तान विरुद्धको खेलमा नेपाली टोलीका कप्तान देव खनालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका छन् ।

प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा रहेको छ । नेपाल पहिलो खेलमा न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । त्यसैगरी, पाकिस्तान भने प्रतियोतिमा दोस्रो जित निकाल्ने दाउमा छ । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानमाथि एक सय ८१ रनको फराकिलो अन्तरले जित निकालेको थियो ।

समूह ‘डी’मा रहेको नेपालसँग न्यूजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । समूहको शीर्ष तीन स्थानमा रहने टोलीले सुपर–६ को यात्रा तय गर्नेछन् ।

नेपाली यु–१९ टोलीमा कप्तान देव खनालसहित अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुलसन झा, दीपेशप्रसाद कँडेल, विशालविक्रम केसी, र सुवास भण्डारी, दीपक बोहोरा, उत्तम रङ्गु थापा मगर, विपीन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।

प्रकाशित: १० माघ २०८०, बुधबार ०८:१७

Leave a Reply